हिरोइन कि विकिनी गल अदिती ?

कैयौ हिरोइनले दर्जन फिल्म खेलेर नपाएको उचाई ‘कृ’ फिल्म खेलेर अदिती वुढाथोकीले पाइन् । मुम्बइमा रहने अदितीलाई कृ ले स्टार त बनाएन, तर दर्शकमा परिचित भने गराएको छ ।

अदितीले दोश्रो नेपाली फिल्म खेल्ने बारेमा सोचेकी छैनन् । उनलाई दोश्रो फिल्म खेल्न डर पनि लागेको छ । कस्तो ब्यानर पर्ला भन्ने पिर पनि छ । तर, अदिती वुढाथोकीले हिरोइनको परिचय बनाउन नसकेपनि विकिनी गलको परिचय भने बनाएकी छिन् । अदितीका इन्स्ट्राग्राममा फलोअर्स धेरै छन् । उनी दैनिक आधा दर्जन फोटो राख्छिन् ।

तर, अदितीलाई सामाजिक संजालमा साधारण तस्बिर पोष्ट गर्न खासै मन लाग्दैन जस्तो छ । उनको विकिनी तस्बिरहरु सामाजिक संजालमा धेरै भेटिएका छन् । भारतमा रहेर विज्ञापनमा काम गरिरहेकी अदिती हिरोइन बन्ने कि विकिनी गल ? दर्शकले त उनलाई हिरोइन भन्दा पनि विकिनी गल भनेर चिन्न थालेका छन् ।