प्रकृतिलाई पछुतो होला कि नहोला ?

होस्टेल रिटर्न्स फिल्म चलेपछि अभिनेत्री प्रकृति श्रेष्ठको एउटा विवाद निर्माता सुनिल रावलसँग आयो । सुनिल रावलले काम गर्ने बेलामा नयाँ भनेर हेपेको भन्दै प्रकृति मिडियामा आइन् ।

विवाद लामै समय चल्यो । विवादको बिषयमा प्रकृतिको स्टाटस सार्वजनिक भएको थियो । प्रकृतिले होस्टेल सिनेमाबाट डेब्यू गरेकी थिइन् । विवाद साम्य भएपछि प्रकृति फेरि हराइन् । उनले त एकाध फिल्म र म्यूजिक भिडियोमा डिमाण्ड हुँदा हुँदै बिहे गरिन् र अष्ट्रेलियामा नै बस्न थालिन् ।

तर, प्रकृतिको मोह फिल्मबाट हटेको देखिदैन । उनी जतिबेला नेपाल आउँछिन्, संचारमाध्यममा आएर आफ्नो फिल्मको मोह झल्काउँछिन् । फिल्म क्षेत्रमा उनको राम्रो क्रेज बन्दा बन्दै उनी हराएकी थिइन् । बिहे गरेर घरजम गरेपछि प्रकृतिलाई फिल्म बनाउनेले पनि खोजेनन् ।

अहिले फेरि उनी अहिलेका चकलेटी हिरोहरुसँग फिल्म खेल्ने चाहना व्यक्त गर्न थालेकी छिन् । प्रकृतिको फिल्म खेल्ने चाहना व्यक्त भएपनि उनीप्रति कसैले लगानी गर्न खोजिहाल्छन् भन्ने छैन । प्रकृतिपछि आएका धेरै हिरोइन अहिले काम गरिरहेका छन् ।

उनी भने थोरै फिल्म खेलेर पाएको सफलता बचाउन नसक्दा अहिले पछुताउँदै होलिन् कि छैनन् होला ?