इन्गेजमेन्टको ह्याङबाट कहिले बाहिरिने प्रियंका ?

अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिन् । पहिलो पटक आफन्तका विच भएको इन्गेजमेन्ट दोश्रो पटक साथीभाई र फिल्मीकर्मीको विचमा भयो ।

प्रियंकाको इन्गेजमेन्ट भएको पनि महिना दिन भैसकेको छ । तर, उनी अझै पनि इन्गेजमेन्टको ह्याङबाट बाहिर आएकी छैनन् । प्रियंकाको इन्स्टाग्राम पेज हेर्ने हो भने उनी कतिसम्म इन्गेजमेन्टको मोहमा रमाइरहेकी छिन् भन्ने थाहा हुन्छ ।

द्धारिका होटलमा आयोजना भएको कार्यक्रमको तस्बिर र भिडियो दैनिक रुपमा उनको इन्स्टा पेजमा हेर्न सकिन्छ । उनी दैनिक कुनै न कुनै तस्बिर पोष्ट गर्छिन् ।

अर्को बर्षको असारमा बिहे गर्ने बताएकी प्रियंकाको सायद त्यो अघि १ बर्ष आयुष्मान र आफ्नो इन्गेजमेन्टको रमाइलो पललाई नै यादगर बनाउन चाहिरहेकी छिन् ।

यसैले उनी त्यो पलबाट बाहिर नआउने मुडमा छिन् । प्रियंकाले इन्गेजमेन्टको ह्याङ उतार्न ढिलो गर्दा फेरि फिल्मको ह्याङ भने उत्रियो भने ?