आफ्नो हिरो भएपछि रेनशालाई सारुकको चिन्ता

सारुक ताम्राकार चलेका हिरो होइनन् । ‘रानी’बाट फिल्म उद्योगमा प्रवेश गरेका सारुक असफल भए । बरु, उनलाई अभिनेत्री मलिना जोशीको नयाँ प्रेमीको रुपमा हेरिएको छ । पहिलो फिल्म नचलेपनि सारुकलाई अफर राम्रो ब्यानरबाट आइरहेको छ । उनले अभिनय गरेको ‘मेरी मामु’ फिल्म शुक्रवारबाट रिलिज पनि भएको छ ।

उनै सारुकले ‘इन्टु मिन्टु लण्डनमा’मा पनि काम गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक अघि फिल्ममा उनको उपस्थितीलाई लूकाइएको थियो । सारुकलाई आफ्नो फिल्मको हिरो बनाएपछि यो फिल्मकी निर्देशक रेनशा वान्तवा राईलाई उनको पिर पर्न थालेछ । सारुक चलेको अवस्थामा आफ्नो फिल्मलाई पनि फाइदा हुन्छ भन्ने उनलाई लागेको छ ।

यसैले शुक्रवारबाट रिलिज भएको फिल्म मेरी मामुलाई शुभकामना दिने क्रममा रेनशाले सारुकको मात्र नाम उल्लेख गरेकी छिन् । एकदमै प्रतिभा भएका सारुक र उनको टिमलाई शुभकामना दिएकी रेनशा सारुकको करिअर प्रति बल्ल चिन्तित बनेको पाइन्छ । रेनशालाई मेरी मामुमा सारुकलाई दर्शकले मन पराइदिए इन्टु मिन्टु लण्डनमालाई फाइदा हुन्छ भन्ने लागेको होला । यसैले उनी सारुकको प्रशंसा गर्न थालेकी छिन् । आफ्नो भएपछि कुन्नी कसको पनि माया लाग्छ भनेको यही होला है ।