स्कुलमा कम ध्यान गएको हो करिश्माको ?

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुकमा कक्षा १० को परिक्षको मार्कसिट पोष्ट गरेकी थिइन् । तर, उनले त्यो पोष्ट डिलेट गरेकी छिन् । करिश्माले के कती प्रगीत गरे भनेर प्रश्न पनि सोधेकी छिन् । करिश्माले परिक्षामा सी प्लस ग्रेड ल्याएकी छिन् । उनको धेरै बिषयमा कमजोर अंक देखिएको छ ।

करिश्मा आफूले पढाइलाई गम्भिर रुपमा लिएको बताउँछिन् । करिश्माले त पढाइका कारण आफूले फिल्म निर्देशनको काम पनि पछि सारेको बताएकी थिइन् । तर, करिश्माको मार्कसिट हेर्दा त्यस्तो लाग्दैन । दश कक्षाको पढाई सुरु भएको पहिलो ८५ दिनमा करिश्मा २३ दिन गयल भएकी छिन् । करिश्माले स्कुल भन्दा बढी समारोह, पार्टीका कार्यक्रममा समय दिएकी छिन् । जसलेगर्दा उनी २३ दिन गयल भइन् ।

पढाइमा नै ध्यान दिएर फिल्मको निर्देशन गर्न नसकेकी करिश्मा २३ दिन स्कुल नगएर गयल किन भइन् ? करिश्माले स्कुललाई बढी समय दिनुपर्ने बेला हो । यसैले पार्टी र सभा समारोह भन्दा पढाइमा फोकस गर्ने हो कि ?