प्रश्न सोध्न नजान्नेलाई अन्तर्वाता किन दिन्छिन् पूजा ?

अभिनेत्री पूजा शर्मालाई पत्रकारले सोध्ने एउटै प्रश्नले दिक्क बनाएको रहेछ । घुमी फिरी रुम्झाटार भनेजस्तै पत्रकारले पल शाह, प्रदिप खड्का र आँचल शर्माको भन्दा बाहिरको प्रश्न सोध्न नसकेको पूजाको गुनासो छ ।  पूजाले पत्रकारहरुलाई राम्रोसँग प्रश्न सोध्न पनि नआउने बताइदिइन् । पत्रकारले सधै एउटै प्रश्न सोध्ने गरेको र आफूलाई दिक्क भएको उनले मुख खुम्च्याउँदै जवाफ दिएकी छिन् ।

पूजाले पत्रकारले प्रश्न सोध्न नजान्ने भनेपनि युटुबमा हेर्ने हो भने सबैभन्दा बढी इन्टरभ्यू पूजाकै छ । युटुबरहरुले माइक बोकेर आएपछि पूजाले इन्टरभ्यू दिएकी छिन् । अधिकांश इन्टरभ्यूमा पूजालाई सोही प्रश्न नै सोधिएको छ । पूजाले वाक्क मानेकी नै हुन् भने किन इन्टरभ्यू दिइरहेकी छिन् । किन, उनी आफूलाई मन नपर्ने प्रश्न इन्टरभ्यू लिनेलाई पहिले नै नसोध्नुहोस् भन्न सक्दिनन् ।

प्रश्न नै सोध्न नजान्ने भएपछि तिनै पत्रकारलाई पूजा किन बारम्बार इन्टरभ्यू दिन्छिन् ? कलाकारले दिने प्रश्नको जवाफ पनि हरेक इन्टरभ्यूमा उस्तै हुन्छ । यसैले एक दुइवटामा इन्टरभ्यू दिए भै गयो त, किन भएभरका युटुब च्यानलमा पुग्न पर्यो र पूजालाई ?

Pooja Sharma's promo of PYL SHOW ONLY ON NEPAL1 TV MORE FUN IN FULL EDITION TOMMORROW AT 9PM

Gepostet von Pasang Yonzon Lama am Samstag, 1. September 2018