फिल्मले रक्स गरेन,आँचलको ड्रेसले रक्स गर्यो रे !

अभिनेत्री आँचल शर्मालाई ब्ल्याक र रेड पहिरनले रक्स गर्यो भन्ने लागेछ । कपडा लगाउने कुरामा ध्यान दिन थालेकी आँचलले ब्ल्याक एन्ड रेड रक्स भन्दै फोटो पोष्टिन । उनले फोटो पोष्ट गरेपछि कतिले यो कपडा उनलाई सुहायो पनि भने त कतिले ठिकै भने ।

आँचललाई भने आफुलाई ब्ल्याक र रेडले रक्स गर्छ भन्ने लाग्दो रहेछ । तर, आँचलको फिल्मी करिअरमा भने ब्ल्याकले कुनै गतिलो छाप छाडेन । भदौ १ गतेबाट चलेको आँचलको यो फिल्म एक हप्ता पनि हलमा टिकेन । कपडामा ब्ल्याकले उनलाई सुहायो होला । तर, फिल्ममा त ब्ल्याक कालो नै भयो । यो सिनेमा चलिदिएको भए आँचलको जीवनमा ब्ल्याकले पनि रक्स नै गर्ने थियो होला । तर, फिल्म नचलेपछि कपडाले मात्र रक्स गरेर केही नहुने ।

आँचल शर्माको साथमा अहिले कुनै पनि फिल्म छैन । विवादमा आउने बयानका कारण उनीमाथि लगानी गर्न निर्माताहरु अब हच्किन थालेका छन । यस्तो अवस्थामा अब आँचलको शरीरमा मात्र ब्ल्याक र रेडले रक्स गर्यो भने बर्बाद हुन्छ ।