मिलन र झरनाको हतारोले अनमोललाई घाटा भए के होला ?

एउटा स्टारलाई फिल्ममा लिन हतार गरिनु नयाँ कुरा होइन । तर, त्यो स्टारले काम गर्ने शैलीलाई मेकरले वुझेनन् भने खत्तम हुन्छ । अभिनेता अनमोल केसी बर्षमा एउटा फिल्म मात्र बजारमा ल्याउन मन पराउँछन ।  ग्यापमा फिल्म खेल्दा दर्शकमा कुराई हुन्छ । तर, अहिले अनमोलका लागि २ मेकरले हतार गर्दा उनलाई घाटा लाग्ने संभावना छ ।

अनमोलको घरकै फिल्म क्याप्टेनको रिलिज मिति तय हुन सकेको छैन । निर्देशक झरना थापा चैत्र २९ गते ए मेरो हजुर ३ रिलिज गर्ने दौडमा लागेर छायांकनमा छिन । अब निर्देशक मिलन चाम्सले दशैपछि सुटिङ गर्ने भन्दै ब्याचलर बन्टीका लागि हिरोइन फाइनल गरिसकेका छन । फिल्मको छायांकन चापमा हुनु सामान्य कुरा हो । तर, मिलनले त फागुनमा नै फिल्म रिलिज गर्ने बताएका छन । यदि मिलन र झरनाले भने जस्तै अनमोलले माने भने यो बर्ष ३ वटा फिल्म रिलिज हुनेछ । यो अनमोलको फिल्मी करिअरका लागि घातक हो ।

फिल्म हतारमा बनाएर हतारमा रिलिज गर्न मेकर किन आतुर गरिरहेका छन । अनमोलले यो कुरा वुझेनन भने उनलाई सोझै घाटा छ । कमसेकम अनमोलको काम गर्ने तरिका मेकरले वुझे कति सुन्दर हुने थियो होला  है ।