स्टार जीवनको विर्सिएको जन्मदिन

२ बर्ष अघिसम्म अभिनेता जीवन लुइटेललाई फ्यानको वधाइको ओइरो लाग्थ्यो । संचारमाध्यममा पनि जीवनलाई वधाई दिनेको भीड लाग्थ्यो । अझ, उनका योजना र सोचको बारेमा वुझ्न चाहने कती कती ।

तर, २ बर्ष अघिसम्म पनि नम्बर १ स्टारको ट्याग भिरेका जीवन लुइटेल अहिले कहाँ छन् कमैलाई जानकारी छ । जीवन लुइटेल अष्ट्रेलिया हुँदै अमेरिका पुगिसके । फिल्म लाइनलाई त उनले माया मारे नै । आफ्नो स्टारडमलाई जोगाउन पनि सकेनन् ।

यही भएर पनि होला जीवनलाई अहिले न त संचारमाध्यमले नै जन्मदिनको शुभकामना दिएका छन् न त फ्यानको त्यस्तो भीड छ । बरु, जीवन आफ्नै दुनियामा रमाएका छन् । कहिलेकाही नेपाल आएको समयमा फिल्म खेल्छु भनेपनि जीवनले अब पुरानो दिन फर्काउन सक्ने अवस्था छैन । किनकी, नेपाली फिल्ममा धेरै चेन्ज भएको छ । नयाँ चकलेटी अनुहार भएका हिरो आएका छन् ।

जीवन लुइटेलको आज जन्मदिन हो । तर, बलेको आगो तापिन्छ भने जस्तो फिल्म इन्डष्ट्रीमा जीवन निभ्दै गएका छन् । यसैले उनलाई ताप्ने पनि कसले ?