रेनशाको धिरज मोह

भ्लगर धिरज मगरलाई लाखौ लगानी गरेर निर्देशक रेनशा वान्तवा राइले हिरो बनाइन् । धिरज मगरको क्रेजलाई देखेर रेनशा लोभिइन् । धिरजको हिरोइजम क्यास गरेर उनी निर्देशनमा पनि चल्ने सोचमा छिन् ।

धिरज मगरलाई रेनशाले ल्याएकी हुन् भनेर फिल्म बजारले गर्व गर्ने कुरा समेत रेनशा गर्न भ्याउँछिन् । रेनशा वान्तवा राइको यो घमण्ड हो कि आत्मविश्वास, असोज ५ गते इन्टु मिन्टु लण्डनमा चलेपछि थाहा होला ।

धिरजप्रतिको रेनशाको मोह यतिमा मात्र सकिएको छैन । उनले, धिरजलाई अरु निर्देशक र निर्मातालाई अहिले नै खोस्न नदिने योजना पनि बनाएकी छिन् । आफूले जन्माएर अरुले त्यसको सफलता चाख्ने भन्दै रेनशा धिरजलाई अझै ३ फिल्म खेलाउने तयारीमा छिन् । यी ३ फिल्म खेल्दासम्म धिरजले अरु फिल्ममा काम गर्न नपाउने संझौता समेत उनले गरिसकेकी छन् ।

धिरजमाथि रेनशाको मोह यति धेरै बढेको छ कि, उनको क्रेजले फिल्म चल्छ भन्नेमा रेनशा ढुक्क छिन् ।

धिरज पनि रेनशाको प्रशंसा गरेर थाक्दैनन् । रेनशा र धिरजले अझै ३ फिल्ममा काम गर्ने वातावरण बन्न असोज ५ गतेबाट रिलिज हुन लागेको ‘इन्टु मिन्टु लण्डनमा’ चल्नपर्छ । रेनशाको धिरज मोह उनले सोचेजस्तै तरिकाले अघि बढ्ला कि विचमै टुट्ला ?