ठूला ब्यानरको अफरमा घमण्डी बनिन् साम्राज्ञी

इन्टु मिन्टु लण्डनमाको प्रचारमा फ्यानले देखाएको मायाले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह खुशी छिन् । फिल्म चलेको समयमा हलमा पुग्दा सेल्फी खिच्नेको पनि भिड लाग्छ । अभिनेता आर्यन सिग्देलले उनकै लागि १० लाखको अफर लिएर पुगेका थिए । यी सबै कुरा हेर्दा साम्राज्ञीलाइ लाग्न थालेको होला, अब त हिरो र निर्मातालाई म नभई नै नहुने भयो ।

निर्माता दीपकराज गिरीले छक्का पन्जा २ र ३ मा उनलाई अफर गरे । जय भोलेमा पनि उनलाई नै रोजिएको थियो । ठूला ब्यानरले पनि साम्राज्ञीलाई रोजेका छन् । यसैले पनि पोखरामा पुगेर साम्राज्ञीले भनिदिइन्, हिरो र निर्मातालाई म चाहिन्छ, मलाई हिरो होइन ।

प्रसंग त अभिनेता अनमोल केसीको बिषयमा निस्किएको थियो । घुमाउरो कुरालाई सिधै भाषामा वुझ्दा, साम्राज्ञीलाई अनमोल, प्रदिप जस्ता अहिलेका स्टार चाहिएको छैन । बरु, यी हिरो र चलेका निर्मातालाई उनी चाहिएको छ । साम्राज्ञीलाई कतै अहिले फिल्म इन्डष्ट्री नै आफूले धानिरहेको छु जस्तो त लागेको छैन ।