विमानस्थलमा पल र आँचल किन तर्किए ?

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा छन् । प्रेममा रहेका यी दुइलाई हामी प्रेम गर्छौ भन्न गाह्रो परेको छ । अझै पनि त्यो गाह्रो अवस्था टरेको छैन ।

पल र आँचलको प्रेमले नै संचारमाध्यमलाई तताएको छ । उनीहरु कतै देखिए पनि समाचारको शिर्षक त्यही नै बन्ने गर्छ । फिल्म चल्दा पनि फिल्म भन्दा पल र आँचलको प्रेम खबर तातो बहस बनेको थियो । तर, अब फ्यानहरुले नै नकारात्मक प्रतिक्रिया धेरै दिन थालेपछि पल र आँचल यो सम्बन्धलाई पब्लिक रुपमा देखाउन नचाहने मुडमा छन् ।

जापानमा आयोजना हुन लागेको सूर्य इन्टरनेशनल अवार्डका लागि विमानस्थलमा पुगेका आँचल र पल अलग अलग देखिए । उनीहरु एक साथ पुगेनन् । आँचल आफ्ना पितासँग पुगेकी थिइन् भने पल अलग्गै पुगेका थिए ।

उनीहरु संचार माध्यमको अगाडि नजिक हुन खोजेनन् । यो कुरा प्रष्ट देखिएको पनि थियो । संचार माध्यमलाई लुकाएपनि पल र आँचलले प्रेमलाई भने लुकाउन सक्लान् त ?