‘इन्टु मिन्टु लण्डनमा’: फिल्म रिलिजलाई लिएर उत्साहित निर्माण टिम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_YS6jyOCiua_mqzpjgj4vw4fdoqqrcht95h7aoeoprbkyj3y4ufuoceyrjzgljab9pgud7p2.jpg)
असोज ५ गते अर्थात आगामी शुक्रबारबाट फिल्म ‘इन्टु मिन्टु लण्डन’मा रिलिज हुँदैछ । अहिलेको समयमा एकदमै रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र युट्युबमा चर्चित नाम धिरज मगर यस फिल्मको मुख्य भूमिकामा प्रस्तुत छन् । गीत र ट्रेलरका कारण निकै चर्चामा रहेको फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।
नृत्य निर्देशनमा दर्बिलो छवि बनाएकी रेनशा बान्तवा राईले यस फिल्मलाई निर्देशन गरेकी छिन् । फिल्मलाई प्रभु शमशेर जवरा र प्रज्ज्वल शमशेर जवराले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक प्रचार सामाग्री हेर्दा फिल्म उच्च ‘क्वालिटी’को बनेको अनुमान लगाइएको छ । दर्शकले पनि फिल्मबाट निकै आश गरेका छन् ।
फिल्मको प्रदर्शन मितिलाई लिएर निर्माण युनिट एकदमै उत्साहित देखिन्छ । निर्देशक रेनाशा भन्छिन्, ‘आफुले गरेको काम देखाउने समय आएको छ । त्यसैले पनि एकदमै उत्साहित छु ।’ यस फिल्मले नेपाली फिल्म निर्माणको स्तरलाई एक तह माथि लैजाने निर्देशक राई बताउँछिन् । ‘म सुरुवाती दिन देखि नै फिल्ममा क्वालिटी खोज्ने मान्छे हुँ’, उनी भन्छिन्, ‘म अन्य फिल्ममा नृत्य निर्देशन मात्र गर्दा त क्वालिटी खोज्ने मान्छे, झन आफ्नो फिल्मको क्वालिटीमा कुनै कमजोरी हुन दिन्छु होला त ?’ रेनशाको यो डेब्यु फिल्म हो । उनी भन्छिन्, ‘मेरो पहिलो फिल्म भएर पनि होला राम्रो गर्नको लागी धेरै मेहनत गरेको छु । त्यहि भएर पनि फिल्म राम्रो बनेको छ र सफल हुन्छ भन्ने विश्वास छ ।’
त्यस्तै, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि फिल्मलाई लिएर निकै उत्साहित छिन् । उनी भन्छिन्, ‘गीत र ट्रेलरबाट पाएको प्रतिक्रियाबाट निकै खुसी छु । फिल्मले पनि राम्रो प्रतिक्रिया पाउने र सफल हुनेमा म ढुक्क छु ।’ उनी स्क्रिप्ट एकदमै मन परेको कारण आफु यस फिल्ममा अनुबन्धित भएको बताउँछिन् । ‘जब मलाई रेनशा दिदिले स्क्रिप्ट लिएर आउनु भयो त्यो बेला नै मैले फिल्म साइन नगरी कहिले सुटिङमा जाने सोधेको थिएँ’, साम्राज्ञी भन्छिन्, ‘ममा त्यति धेरै एक्साइटमेन्ट थियो यो फिल्मलाई लिएर ।’ डेढ वर्ष लगाएर गरेको मिहिनेतको फल यो फिल्मले फिर्ता दिनेमा उनी विश्वस्त देखिन्छिन् ।
डेब्यु नायक धिरज मगर पनि फिल्ममा गरेको मेहनत र अहिले दर्शकबाट पाएको प्रतिक्रियाबाट दंग छन् । ‘जुन मेहनत हामीले गरेका छौँ त्यसलाई दर्शकले प्रशंसा गरिदिनु भएको छ’, उनी भन्छन्, ‘बेला बेलामा मेरो फ्यानहरुले मलाई म्यासेज गरेर फिल्म कहिले आउँछ भनेर सोध्नु हुन्छ त्यो हुदाँ चाहि एकदमै खुसी लाग्छ ।’ धिरज पनि यस फिल्मको स्क्रिप्ट मन परेको कारण अभिनय गर्न राजी भएको बताउँछन् । ‘रेनशा म्यामले अफर गर्नु भयो । स्क्रिप्ट पढेँ । कहीँ प्रश्न गर्ने ठाउँ नै भेटिन । त्यही भएर यस फिल्ममा काम गरेको हुँ’, धिरज भन्छन् । ‘गुड लुकिङ’ धिरजलाई धेरैले सम्भावना बोकेको नायकको रुपमा हेरेका छन् ।
फिल्ममा साम्राज्ञी र धिरजसँगै शारुक ताम्रकारको समेत मुख्य भुमिका रहेको छ । रानी फिल्मबाट डेब्यु गरेका ताम्राकारले यस फिल्मबाट आफ्नो फिल्मी करियर उकालो लाग्ने विश्वास ब्यक्त गरे । उनी भन्छन् ‘अभिनयको हिसाबमा यो मेरो तेश्रो फिल्म हो तर क्यारेक्टरको हिसाबमा मैले रोजेको र खोजेको जस्तै पाएको छु । फिल्ममा म आर्मीको भुमिकामा देखिएको छु । आर्मीको क्यारेक्टर सहीरुपमा निभाउनका लागि मैले धेरै मेहनत गरेको छु ।’ हुनत फिल्मको ट्रेलर सार्वजनिक हुनु भन्दा अगाडी ताम्राकार फिल्ममा छन् भन्ने धेरैलाई थाहा थिएन । निर्माण यूनिटले शारुकलाई रिभिल गरेको थिएन । शारुक भन्छन्, ‘ट्रेलरमा एक्कासी देख्दा दर्शकको मनमा फिल्मप्रतिको जिज्ञासा अझै बढेको छ जस्तो लाग्छ ।’ ताम्राकार फिल्मलाई लिएर निकै आशावादी देखिएका छन् ।
निर्देशक रेनशा फिल्मको कथाकै आधारमा दुई मुख्य कलाकारको छनोट गरिएको बताउँछिन् । ‘मैले मेरो नृत्य निर्देशनको करिअरमा धेरै कलाकारसँग काम गरे तर मेरो फिल्ममा भने साम्राज्ञी र धिरजलाई नै रोजे’, रेनशा भन्छिन्, ‘यसको मुख्य कारण भनेको नै फिल्मको कथा हो ।’ फिल्मको कथा अनुसर फिल्मलाई युकेमा बस्ने एक नायक चाहिएको थियो अनि नायिकाको लागि साम्राज्ञी नै बेष्ट थिइन् । फिल्ममा साम्राज्ञी र धिरजले एकदमै राम्रो काम गरेको र उनीहरुको काम बाट निकै सन्तुष्ट भएको बताउँछिन् ।
‘आइकोर फिल्मस्’ को व्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञी, धिरज र शारुकसँगै अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक, सुनिशा बजगाईंको पनि अभिनय रहेको छ। प्रज्ज्वल शमशेर र रेनेशाको कथा समावेश फिल्ममा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका छन् ।
![अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)](https://snowberry.prixacdn.net/media/gallery_folder/dee_3zLrahp93c_awh6u58gb1ofyealhkdpjfi2bxiccj0pitgkwnvjfp25ju6ahdrnde2aittj_IF7ZlOzdtS_vi9fdpxdzmooagz3rvtljscz1n2lgsrf1qafugdtvefhplfnbkmnxgks6vmi.jpg)
अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)
![फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर](https://snowberry.prixacdn.net/media/gallery_folder/mayesto_NlGTgJWz9O_3zvybskuzi0dqvb49e49egp3mensuigvuldbsvto4blbzzekgnxtd8rv777r_SR8ynr95Aa_gyb9qod3qssotkxzqh6zcvfnki6usqoizlf1tjmzlnpyenoc42donjqnlwc1.jpg)
फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर
![लता मंगेश्करका ‘तीन’ नेपाली गीत](https://snowberry.prixacdn.net/media/gallery_folder/lata-1-scaled_ivBV4NmQtj_ss08x35dz99bzxbr4lnjtbajomciuzngi1ie1nrnothh3km9bmg0cswj63gz_3MP448M8Ga_xmjebyzdcvgiru8ma1kpqszipisxqm9o70iafkiubdxq1on5cvm5p6tgd6t7.jpg)
लता मंगेश्करका ‘तीन’ नेपाली गीत
![फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/bipen-karki-merofilm-3-1_aMXlM6wkKH_dsevqy9mn4zer7foarzp6p0gj6jow43qg7kglmrtqecgfggsjmnm8lrc2hv0_BTRzaQMupP_ewfd46k9jiz4qnlvo42qwvlz01sndmww9m6akxzmy6pfvxgruu8n2ktkgrgw.jpg)
फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की
![नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !](https://snowberry.prixacdn.net/media/gallery_folder/all-scaled_P6wTnaHY3t_0rcofku4kd4wzccnt6kirsysv2jtinfxonuxv5wzasfnkafreptrpg0a3jfz_T8bEXHN09m_4oen907pkvcae3fgypqhmgd9toqkx5fdnxhaf0ciu6trwq9fd5cftgoqxfrd.jpg)
नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !
![गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/raje_31gXOqlbQp_hzqoq2jrl8antc9mdzwsfytcdni6rrnxaffengw4zt98hmyrry4xajbisn5q_24uYcd0WlW_hiydytmk1miawlt7xyqjx3flljfplojquiwljlld8mlqkhp6g8rdghowp3a5.jpg)
गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)
![यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/all-higo_bR2auavnjB_tkdgdm1kippntvlqrwbdeqia9jdhqi1pso5sy4vgffrakhy3nrpyosgs5crn_Q2HErtp5P9_y3fqpqzalnafjjhlax59hsydewiqlaafyyenbdbpemc1bxkqw9zamvfoog0f.jpg)
यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए
![फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम](https://snowberry.prixacdn.net/media/gallery_folder/teej-geet3-1_UyJFMaYEAD_3vx1twzmjkgzdmgl2n0pane8xg87ns2ehrva9qf3fbcpvxre3gzaez1oodyj_JOT0nx5XEZ_0cl0wggeg3bbhhyozepx9vamikcsu0gjfoj6olcu8rlzhhfwrlrfgpizlorn.jpg)
प्रतिक्रिया