गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

चर्चित गायक राजेश पायल राईमाथि अमेरिकाको न्युयोर्कमा हातपात भएको छ । उनीमाथि स्टेजमा गीत गाइरहेको अवस्थामा हातपात भएको हो ।
अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित कार्यक्रममा गीत गाइरहँदा एक व्यक्तिले उनमाथि हातपात गरेका हुन् ।
उनले न्युयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका बेला एक दर्शक स्टेजमा चढ्छन् । राईमाथि ती दर्शकले पछाडिबाट न्याक्दै हातपातको प्रयास गर्छन् । यद्यपि अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेका थिए । दर्शकले कुटपिट हुनबाट जोगाएका हुन् ।
सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।
अहिले सामाजिक सञ्जालमा हातपातको भिडियो भाइरल भएको छ । कतिपय गायक राईमाथि हातपात हुनुमा व्यवस्थापकको कमजोरी रहेको औँल्याएका छन् । नयाँ वर्ष २०२२ का अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी न्यूयोर्कमा छन् ।
गायक राईलाई हातपात कसले किन गर्यो भन्नेबारे खुल्न बाँकी छ ।

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

राजेश हमालको सुझाव सरकारले सुन्ला र ?

प्रतिक्रिया