हिरोमा नचल्या गायक, निर्देशक बन्ने आँट गरेपछि…

मैले छोएको पानी चल्दैन बोलको गीतका फ्यान अहिले पनि लाखौ होलान् । गायक यश कुमारको स्वरको दिवाना प्रशस्त छन् । तर, यश कुमारलाई आफूलाई दर्शकले जे कुरामा मन पराएका छन् त्यो कुरामा बस्न मन लागेन । गायकबाट हिरो बनिदिए । बाटो मुनिको फूल, आधी बाटो, बाटो मुनिको फूल २ मा उनी हिरो बने ।

फिल्म घिटिघिटी चलेपनि यश कुमार चलेनन् । दर्शकले उनलाई स्वर नै मिठो छ, गीत गाएरै खान सुझाव दिए । तर, यशलाई त्यतीले चित्त वुझेन । पहिलो पटक फिल्म निर्देशनमा तम्सिए । उनले बनाएको फिल्म छिरिङ्ग हलमा त लाग्यो तर फिल्म हेर्न दर्शक हलसम्म आएनन् ।

तामझामका साथ भएको प्रिमियरले पनि केही काम गरेन । यश कुमारलाई फिल्म बनाउन नी आएन रिलिज गर्न पनि आएन ।

हिरो मै नचलेपछि गायक नै बनेर बसेको भए अहिले लोकप्रियता कम हुदैनथ्यो होला नी । रहर बढी गरेपछि यस्तै हो ।