परमितालाई अस्कर अवार्डको रहर

स्टार भन्दा पनि अभिनयका कारण अभिनेत्री परमिता आर एल राणाको मन दर्शकसम्म बस्न थालेको छ । परमिता अन्य अभिनेत्रीका लागि फिल्ममा थ्रेट बन्न पनि थालेकी छिन् । परमिताको अभिनयको तारिफकै कारण उनलाई फिल्म पनि मिलिरहेका छन् ।

यही भएर पनि होला, परमिता आर एल राणामा विश्वका चर्चित अवार्ड पाउने जोश पलाएछ । परमिताले आफ्नो जन्मदिन गए राती मनाएकी छन् । जन्मदिनमा  उनले आफ्ना नजिकका साथीहरुलाई बोलाइन् । जन्मदिन मनाउने क्रममा उनलाई अस्वर अवार्डको ट्रफीको सिम्बोल जस्तै ट्रफी प्राप्त भएको थियो ।

उनले, सो ट्रफी उचाल्दै गर्दा उनका साथीहरुले ताली बजाएका छन् । नेपालमा थुप्रै अवार्ड हुने गरेका छन् । तर, परमितालाई भने अस्कर अवार्डकै ट्रफी उचाल्न मन लागेको देखिन्छ ।

परमितालाई अस्कर अवार्डको भूत चढ्न थालेको रहेछ क्यारे । यसैले उनी जन्मदिनमा नक्कली नै सही, अस्करको ट्रफी उचालिरहेकी छिन् । उनले यसरी नै मिहिनेत गरिन् भने, एक दिन त्यो पनि उचाल्छिन् कि ?

तर, पहिले नेपालमै आयोजना हुने  अवार्डका  जुरीको मन पनि जित्न पर्यो नी परमिता जी ।