परमिता जस्तै सफल पनि हुने कि करिश्मा ?

अभिनेत्रीद्धय परमिता राज्यलक्ष्मी राणा र करिश्मा श्रेष्ठ मिल्ने साथी हुन् । उनीहरुले आफ्नो मित्रता व्यक्त गरेका थुप्रै ठाउँ छन् । परमिता फिल्ममा सफलता हात पार्दै गैरहेकी छिन् । बल्ल उनलाई नेपाली फिल्म बनाउनेहरुले चिन्न पनि थालेका छन् । परमिता प्रेमको खबरमा पनि परिन् । तर, प्रेमसँगै उनले फिल्मको गतिलाई पनि इनर्जी दिएकी थिइन् । अहिले उनी अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा असफल भएपनि फिल्ममा सफल हुँदैछिन् । परमिताको जीवनबाट करिश्मा धेरै नै प्रेरित पनि छिन् । परमिता आफ्नो लागि प्रेरणा हुने गरेको पनि करिश्मा लेख्छिन् । तर, करिश्माले प्रेरणा लिएपनि व्यवहारमा उतार्न नसकेको हो कि ?

किनकी, उनी फिल्ममा सफल छैनन् । अभिनेता सलोन बस्नेतको नामबाट बाहेक उनलाई अरु नामले चिन्न सकिएन । कहिले सलोनसँग ब्रेकअप भयो, कहिले फेरि मिलन भयो, कहिले फेरि ब्रेकअप भयो । यस्ता कुराले करिश्मा अल्झिइन् । जसलेगर्दा, करिश्मालाई दर्शकले खासै चिन्न नै  पाएनन् । चिन्दा नचिन्दै उनी अब ओझेल पर्लिन् कि भन्ने पनि पिर छ ।

अब, ब्रेकअप नै भएको हो भने यसलाई विर्सिएर फिल्मको गतिमा इनर्जी दिदा राम्रो । होइन भने ब्रेकअप र मिलनको ल्याङ ल्याङ किन होला ? यो कुरा पनि परमिताबाट सिक्नुहोस् करिश्माजी ।