फिल्ममा पनि यसरी खुल्ने कि श्रृष्टी ?

श्रृष्टी श्रेष्ठको वास्तविक रुप के हो ? के उनी फिल्ममा पनि आफूलाई दर्शकले जे कुरामा रुचाउँछन्, त्यसरी नै देखिएकी छिन् त ? श्रृष्टी श्रेष्ठको गाजलु रुप दर्शकले मन पराएका थिए । तर, रोमियो एन्ड मुना र बाँध मायाले असफल भएपछि श्रृष्टीको फिल्ममा देखिएको रुप दर्शकले मन नपराएको बुझौँ न हामीले ।

श्रृष्टीले पनि यो कुरा बुझ्न आवश्यक छ । श्रृष्टीले २ फिल्ममा काम गरेपछि यो कुरा बुझिन कि जस्तो देखिएको छ । किनकी, उनले सामाजिक संजालमा लामो समयपछि आफ्नो विकिनी फोटो सार्वजनिक गरेकी थिइन् । कुर्ता सुरुवालमा सोझी यूवती बनेर खेलेकी श्रृष्टीलाई दर्शकले नरुचाएको नै हो ।

उनलाई मिस नेपाल हुँदा उनको हाइट, उनको फिगर, उनको खुलेको शैलीलाई दर्शकले मन पराएका थिए । फिल्ममा भने उनी खुल्न सकेकी थिइनन् । श्रृष्टीको सामाजिक संजाल हेर्दा अब उनी फिल्ममा पनि खुलेर आउँछिन् कि भन्ने लाग्न थालेको छ । श्रृष्टीले आफ्नो रुप, मोह, दर्शकको चाह, उनलाई सुहाउने भूमिका बुझ्न आवश्यक छ । फेसबुकमा मात्र बुझेर हुन्न, फिल्ममा पनि बुझ्नु पर्छ ।