स्वस्तिमालाई खुबै गर्मी भएछ

अभिनेत्री स्वस्तिमा खड्काको फिगरको प्रशंसक र आलोचक उस्तै होलान् । स्वस्तिमा जस्तै स्लिम हुन पाए हुन्थ्यो भन्ने पनि होलान्, स्वस्तिमाको शरीर त कती सानो भन्ने पनि होलान् । तर, स्वस्तिमाको फिगरले मान्छेलाई भुतुक्कै बनाएको भने पक्कै छ । स्वस्तिमा खड्कालाई पनि आफ्नो फिगर खुबै मनपर्ने रहेछ । उनी इन्स्टाग्राममा आफ्नो स्विमिङ फोटो पोष्ट गर्नमा दोश्रो नम्बरमा छिन् ।

पहिलो नम्बरमा को भन्ने दर्शकलाई लागेको होला ? पहिलो नम्बरमा सुष्मा कार्की र प्रियंका कार्कीको प्रतिस्पर्धा छ भन्दा पनि हुन्छ । स्वस्तिमाले इन्स्टामा पोष्ट गरेको तस्बिर हेर्ने हो भने धेरै त विकिनी लगाएर स्विमिङ पूलमा पौडिएको नै छ । रिफ्रेस हुनु राम्रो हो । किनकी, स्विमिङले तनाव पनि कम गराइदिन्छ । तर, स्वस्तिमाले फोटो बारम्बार पोष्टिएर आफ्नो फिगर पो शोअप गर्न चाहेको हो कि भनेर वुझ्दा पनि हुन्छ होला अब त ।

किनकी, स्वस्तिमालाई यो बर्ष खुबै गर्मी लागेछ जस्तो छ । फिल्ममा त स्वस्तिमा हिट छिन् । फिगरमा फिट छिन् । तर, यसरी बारम्बार स्विमिङको रमाइलो फ्यानमाझ शो अप गरेर स्वस्तिमाले फिगर नै देखाउन खोज्या त होलानी हैन र ?