नम्रताको कपालमा आँखा किन गयो ?

अभिनेत्री नम्रता श्रेष्ठले प्रसाद फिल्ममा नक्कली कपाल लगाएकी छिन् । यो नक्कली कपालको खबर नम्रताले नै भनेर फैलिएको हो । जायरा फिल्मको लागि कपाल काट्दा उनले प्रसादका लागि कसरी काम गर्छिन् भनेर पत्रकारले सोधेका थिए । उनले नक्कली कपाल लगाउँछु भनेकी थिइन् । अनी खबर त्यसरी नै फैलियो ।
नम्रताको नक्कली कपाल लगाएको बिषयमा प्रसाद फिल्मको लै लै गीतको लिरिकल भिडियो आएपछि हल्ला भएको हो । दर्शकले गीत राम्रो भएपनि नम्रतालाई नक्कली कपालले नसुहाएको भनेर प्रतिक्रिया दिएका छन् । तर, नम्रतालाई भने नक्कली कपालको हल्ला भएकाले कमजोरी कहाँ छ भन्ने कुरामा आँखा गएकाले त्यस्तो लागेको होला भन्ने लाग्छ । उनी, त्यहाँ केही कमजोरी भयो होला भनेर स्विकार गर्न तयार छैनन् ।
आफ्नो नक्कली कपालको बिषयमा खबर आएको, अरु कलाकारले पनि लगाउँदा खबर नआएकाले दर्शकले थाहा नपाएको भन्ने नम्रतालाई लागेको छ । तर, कमजोरी भएको होला भनेर स्विकार गर्न भने किन गाह्रो परेको होला ? साच्चै, नम्रताले नक्कली कपाल लगाएको त्यस्तो सुहाएको छैन नै ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया