के फेरि चम्कन चाहन्छिन् अशिष्मा ?

अभिनेत्री अशिष्मा नकर्मीले आफूले पारिवारिक सहमतीमा बिहे गरेको बताएर फिल्म लाइनबाट टाढा हुने बताइन् । बिहे गर्नु अघि नै आफू अब फिल्म लाइनबाट टाढा हुने उनको कुरा थियो ।

अशिष्मा बिहेपछि त संचारमाध्यम र फिल्म लाइनबाट टाढा नै छिन् । अशिष्मा नकर्मीले आफूले फिल्म र परिवारमध्ये एक रोज्नु पर्ने भन्दै परिवार नै रोज्ने बताएकी थिइन् ।

तर, एउटा नेवारी फिल्मकी निर्मात्री समेत रहेकी अशिष्मालाई उदाउने भोक मरेको छैन । फिल्ममा उदाउँदै गर्दा उनले बिहेलाई रोजेकी थिइन् ।

अशिष्मा नकर्मीको इन्स्टाग्राममा उनका फिल्ममा काम गर्दाका तस्बिर धेरै भेट्न पाइन्छ । उनले एउटा स्टाटस लेखेर, घाम आफूबाट टाढा तिमीले राख्न खोजेपनि म चम्किनै रहनेछु भनेर उल्लेख गरेकी छिन् ।

अशिष्माको यो स्टाटसले पनि उनी अझै पनि फिल्ममा चम्कन चाहेको कुरा व्यक्त गर्छ । अशिष्माले पारिवारिक चाहनाका लागि फिल्म लाइन छाडेकी थिइन् । तर, उनको चम्कन चाहने चाहना यसै हराउला कि उनी फेरि चम्किएलिन् ?