मिलनलाई दयाले किन साथ दिएनन् ?

अभिनेता दयाहाङ राइलाई वीर बनाएर निर्देशक मिलन चाम्सले वीर विक्रम बनाएका थिए । विरको क्यारेक्टरले फिल्मलाई हिट बनायो ।
मिलनले ‘वीर विक्रम २’ घोषणा गर्दा वीर विक्रमका सबै कलाकार हुने बताए । तर,  फिल्म निर्माण गर्ने समयमा आउँदा त वीर र विक्रम नै गायब भैदिए । फिल्ममा दयाहाङ राई र अनुप विक्रम दुबै नहुने भएका  छन् ।

दयाहाङ र मिलनको साथ चलेको धेरै भयो । अनुपसँग पनि उस्तै थियो सम्बन्ध । दयालाई मिलनले वीर विक्रम र ह्याप्पी डेजको हिरो बनाएका थिए । अनुप विक्रमलाई पनि हँसिया, विर विक्रमको हिरो बनाएका थिए । तर, यसपटक दुबै हिरोले मिलनलाई साथ दिएनन् ।

हँसिया चल्ने बेलामा सो फिल्मकी  हिरोइनले साथ नदिएर अब कसैलाई बहिनी नबनाउने बताएका मिलनले अब दया र अनुपको बारेमा के भन्लान् ?