सबै हिरो चाहिने भए काम गरे भैहाल्यो नी आँचल जी

अभिनेत्री आँचल शर्मा चुजी बनेकी हुन् कि फिल्म नपाएकी हुन् भनेर प्रश्न उब्जन थालेको छ । ब्ल्याक फिल्मपछि आँचलले कुनै पनि फिल्म गरेकी छैनन् । आँचलले कुनै पनि फिल्म नगर्नुको कारण उनलाई टिम नै चाहिएको छ रे ।
उनले त अब गर्ने फिल्मको हिरो, अरु कलाकार, निर्देशक, निर्माता, ब्यानर, स्क्रिप्ट सबै हेरेकी छिन् । यी सबै कुरा हेरेका कारण पनि आँचलले फिल्म नगरेको बताएकी छिन् ।

आँचललाई सबै हिरोसँग काम गर्न मन छ । तर, उनी फिल्ममा को हिरो हुन्छ त्यसले पनि फरक पार्ने कुरा पनि गर्छिन् । सबै हिरोसँग पनि काम गर्न मन लाग्ने, फेरि फिल्ममा को हिरो छ भन्ने पनि चाहिने ? यो त कसरी कुरा मिल्यो र ?
आँचल शर्मालाई ब्ल्याक फापेन । अभिनेता पल शाह बाहेक अरु हिरो पनि फापेनन् ।

अभिनेता पल शाह अहिले हृदय भरी फिल्मका लागि नै नयाँ हिरोइन खोजिरहेका छन् । आँचल फिल्म खेल्नका लागि शर्त माथि शर्त राखिरहेकी छिन् । आँचलको यो सबै शर्त मिलेर फिल्म खेल्न त समय लाग्छ होला । यसरी शर्तमाथि शर्त राख्दा फेरि फिल्म नै नपाइएला नी त आँचल जी ?