अनलक्की बर्षा !

बर्षा सिवाकोटीलाई अनलक्की हिरोइन भन्दा के होला ? निकै चमक धमकताका साथ छायांकनमा जाने भनेर घोषणा भएको रानी महल फिल्म उनले अन्तिममा आएर छाडिन् । फिल्मको छायांकन नै सुरु हुनै समय लागेपछि बर्षा बाहिरिइन् ।
फिल्म गोपी पनि उनले छाडिन् । फिल्मको छायांकन अगावै संझौता गरेको फिल्म उनले छाडिन् ।
बर्षाले निर्देशक मिलन चाम्सको फिल्म विर विक्रम २ गर्ने फाइनल भयो । फिल्मको घोषणा पनि बबाल तरिकाले गरिएको थियो । फिल्म छायांकनमै जाने बेला पनि भएको थियो । तर, बर्षाको जोडी मध्येका एक आकाश श्रेष्ठले फिल्म छाडिदिए । हजुरबुबा बिरामी परेको भन्दै उनले फिल्मका लागि समय दिन नसक्ने बताएर फिल्म छाडे ।
फिल्मको छायांकनको दिन नजिकिदै जादा आकाशले फिल्म छाडेपछि निर्देशक मिलन चाम्सले उनको ठाउँमा अर्को हिरो खोजेका छन् । अब दुई जनाको ट्युनिङ मिलाउन केही समय लाग्ला । यसले बर्षाको सुरु हुन लागेको फिल्म फेरी केही समय रोकिने सम्भावना छ ।
फिल्म बजारमा बर्षा सिवाकोटी अनलक्की देखिएकी छिन् । उनले फिल्मका लागि मिहिनेत त गर्छिन्, तर हुने हुने बेलामा के के कुराले उनको काम हुन दिदैन । एकपटक पुजापाठ नै गर्ने होला बर्षा जी अब त ।

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया