बुद्दि र रविन्द्रले बचाए, कामेश्वरले गुमाए

नेपालमा अहिले चरित्र अभिनेताको भूमिका अहंम् छ । अझ, कमेडी गर्ने चरित्र अभिनेतालाई त हिरो भन्दा धेरै भ्याई नभ्याई छ ।

अब, रविन्द्र झा र वुद्दि तामाङलाई नै हेर्दा हुन्छ । रविन्द्र र वुद्दि तामाङ खाली भएको दिन भेटियो भने अचम्म मान्दा हुन्छ । किनकी, यी दुइले फिल्ममा ज्यान भर्ने काम गरेका हुन्छन् ।

देश र विदेशमा हुने फिल्मको छायांकनमा यी दुइको व्यस्तता बढेको छ । फिल्म रेशम फिलिली रिलिज हुँदा कामेश्वर चौरासियालाई पनि यसरी नै हेरिएको हो । कामेश्वरलाई यसपछि पनि वुद्दि  र रविन्द्रलाई जसरी अफर आएको पनि हो । उनले भकाभक फिल्म गरेका पनि हुन् । तर, अहिले कामेश्वर चौरासियासँग त्यस्तो धेरै फिल्म छैन ।

फिल्म ‘पलाँस’ चल्ने बेलामा कामेश्वरले नेपालका ठूला मिडियाका ठूला पत्रकारलाई मात्र अन्तर्वार्ता दिन्छु भनेको कुरा फिल्म क्षेत्रमा गाँइगुँई चलेको थियो । निर्मातालाई पनि दुख दिएर कामेश्वरले ठूला माग गर्न थालेको चर्चा चलेको थियो । ठूला मिडियाका ठूला पत्रकारलाई मात्र इन्टरभ्यू दिन्छु भनेका कामेश्वरलाई अहिले उनकै भाषामा साना भनेका मिडियाले पनि सम्झिएका छैनन् ।

दिन त आउँछन् तर पकड्न जान्नुपर्छ भनेको यही रहेछ क्यारे ।