साम्राज्ञीको पारिश्रमिक १५ लाख, अनी अभिनय ?

अब कलाकारको अनुहार हेरेर मात्र फिल्म चल्दैन । कलाकारको अनुहार मात्र हेर्नलाई दर्शक हलमा आउने वातावरण कम हुँदैछ । फिल्म राम्रो, कलाकारको अभिनय जीवन्त नभई त हुँदै हुँदैन ।

तर, नेपाली फिल्मका कलाकारले अभिनय सिकेको, भूमिकाका लागि दुख गरेको भन्ने त कतै सुनिदैन । सुनिन्छ केबल पारिश्रमिक बढेको ।

अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यसरी नै चर्किएकी छिन् । १५ लाख पारिश्रमिक लिएर उनी महंगी अभिनेत्री पनि बनिसकेकी छिन् । साम्राज्ञीलाई १५ लाख दिन निर्माता पनि तयार हुन्छन्, तर खै किन थाहा छैन ।

साम्राज्ञीले १५ लाख रुपैयाँ लिएर बर्षमा २ वटा फिल्म खेल्नु सामान्य कुरा नै मानौ । तर, ५ वटा फिल्म रिलिज भैसक्दासम्म उनको अभिनयले कहाँ र कहिले तारिफ पायो ?

के साम्राज्ञीले पारिश्रमिक मात्र बढाउँदा आफ्नो अभिनयमा पनि निखारता ल्याउन पर्छ भनेर कहिले सोचेकी छिन् । ?

१५ लाख पारिश्रमिक अनुहारका लागि मात्र लिनु कलाकारको कमजोरी हो । १५ लाख लिइसकेपछि त्यसलाई न्याय गर्ने अभिनय गर्ने कि नगर्ने ? दर्शकले कसले कती पारिश्रमिक लियो भन्नेसँग कुनै पनि सरोकार नै हुँदैन । तर, अभिनय सिक्न र आफूलाई अपडेट गर्न यो १५ लाखबाट कती रकम विनियोजन होला ? प्रतिक्षा त यसको पो छ त साम्राज्ञी जी ।