नम्रताको साथ पात्रका लागि चाहियो, प्रचारका लागि चाहिएन

समर लभ फिल्मको टिजर रिलिज भएको छ । यो फिल्मको टिजरको मुख्य केन्द्रमा नै नयाँ कलाकार छन् । फिल्ममा दर्शकले नम्रता सापकोटालाई पनि देख्न सक्नेछन् । तर, टिजरमा नम्रताको एक सर्ट मात्र छ ।

फिल्मका मुख्य कलाकार रेवती क्षेत्री र आशिष पिया नयाँ कलाकार हुन् । यसैले पनि दर्शकमाझ चिनिएकी कलाकार नम्रता सापकोटालाई अघि सार्दा पनि फाइदा नै हुन्थ्यो होला ।

तर, फिल्मको टिजर हेर्दा यसका निर्देशकलाई नम्रता पात्रका लागि चाहिएता पनि प्रचारका लागि नचाहिएको देखिएको छ ।

फिल्मको  प्रचारका लागि उनको आवश्यकता खासै नपरेको टिजर हेर्दा पनि प्रष्ट हुन्छ । नम्रतालाई प्रचार गर्नुभन्दा नयाँ कलाकारलाई नै अघि सार्दा फाइदा हुने वुझाई निर्देशक ढकालको छ ।

नम्रताको क्रेज फिल्ममा बन्न नसकेको हो । नम्रताका लागि बरु समर लभ संजिवनी बुटी बन्न सक्ला । तर, निर्माता र निर्देशकका लागि उनी पात्रमै ठिक जस्तो छ ।