अशिष्माको मिडियामा कुदाकुद किन ?

अभिनेत्री अशिष्मा नकर्मीले बिहेको बेलामा भनेकी थिइन्, मैले कि परिवार रोज्नुपर्छ कि त फिल्म । म परिवारको चित्त दुखाएर फिल्ममा काम गर्न सक्दिन । बिहेपछि अभिनेत्रीको फिल्ममा नआउने योजना थियो ।

बिहेपछि उनी श्रीमानसंग अमेरिका पनि पुगिन् । तर, मनमा बसेको नशाले चटक्क छाड्दैन । अशिष्मा नकर्मीलाई पनि यस्तै भयो । उनलाई बिहेपछिको केही महिना त भुलाउन सजिलो भयो, तर लामो महिनासम्म उनी फिल्ममा काम नगरी बस्न सकिनन् । संचारमाध्यमको क्रेज यसै कहाँ जान्छ र ?

अहिले अशिष्माको संचारमाध्यममा दौडधुप बढेको छ । संचारमाध्यममा उनको दौडधुप बढेको मात्र छैन, उनी अहिले मनका कुरा खुलेर बोल्न थालेकी छिन् ।

तिहारमा टिका लगाएकोदेखि अन्य कुराले उनलाई छोएको छ । अशिष्मालाई पनि संचारमाध्यमको क्रेज विर्सन त्यसै सजिलो कहाँ हुन्छ होला र ? उनी फिल्ममा आउलिन् नआउलिन्, त्यो त खुलाएकी छैनन् । तर, उनी अहिले युटुबको ट्रेन्डिको मोहनीमा लागेको देखिएको छ ।