बर्षा अब खानेकुराकी गुरु

अभिनेत्री बर्षा राउत खानेकुराकी पारखी हुन् । तर, खानेकुराको पारखी हुँदा उनलाई पर्नु पिर पर्यो । बर्षाको मोटो शरीरलाई दर्शकले रुचाएनन् । उनको बानी दर्शकलाई मन परेपनि उनको मोटो शरीरमा आलोचना भएको हो । यही भएर पनि उनलाई मोटो शरीरले तनाव दिएपछि रुनु न हाँस्नु भएको थियो ।

अब भने बर्षा राउतको शरीर स्लिम बनिरहेको छ । उनी दुब्लाउनका लागि कसरत गरिरहेकी छिन् । बर्षाले दुब्लाउनका लागि कसरत गरिरहँदा अब त खानेकुराको बिषयमा सिकाउन समेत थालेकी छिन् । बर्षाका अनुसार डाइट भनेको खानेकुरा मात्र होइन रे ।

उनले त डाइटको नयाँ परिभाषा नै आफ्ना फ्यानलाई सिकाउन थालेकी छिन् । म्यूजिक सुन्नु, रमाउनु पनि मानिसका लागि डाइट हो भन्ने बर्षाको भाषा छ ।

डाइटको अर्थ मानिसले के सुन्छ, कोसँग घुम्छ, के पढ्छ भन्ने पनि हो भनेर बर्षाले भनेकी छिन् । बर्षाका अनुसार यति कुराले मात्र डाइट पुग्दैन । उनले मानिसको दिमाग हरेक कुराबाट यसमा तयार हुनुपर्छ भनेकी पनि छिन् ।

मोटाएर हैरान भएकी बर्षा अब दुब्लाउन मात्र थालेकी छैनन् डाइटको भाषा पनि सिकाउन थालेकी छिन् । बर्षाको फिल्मी करिअर पनि अब नयाँ यूगमा प्रवेश गर्छ कि ?