उसो भए प्रदिपले रोज असफलताको जिम्मा नलिने त ?

अभिनेता प्रदिप खड्काले आफूलाई बलिउड अभिनेता आमिर खानसँग तुलना गरे । अभिनेता खड्काको यो बर्ष रिलिज भएको रोज फिल्म चलेन । यो फिल्म नचलेपनि अझै उनी यसको असफलता स्विकार गर्ने पक्षमा छैनन् । बरु, उनले त फिल्मको गीतले करोड बढी भ्यूज पाएर केक काटेको सम्झिए ।

तर, उनले केक काटेको मात्र कुरा गरेका छैनन् बरु यता आफ्नो रोज फ्लप भयो, उता बलिउडमा आमिर खानको ठग्स अफ हिन्दुस्तान असफल भएको बताए । उनको वुझाइमा स्टारको फिल्म पनि फ्लप हुन्छ भन्ने थियो ।

प्रदिपले आफूलाई बलिउडका सुपरस्टार आमिर खानसँग तुलना गर्न खोजेका थिए । फिल्म सफल र असफल भैरहन्छ भन्ने आशयको कुरा उनको थियो ।

तर, प्रदिपलाई एउटा कुरा थाहा छ कि छैन होला । आमिर खानले ठग्स अफ हिन्दुस्तान असफलताको सबै कुरा आफ्नो काँधमा लिएका छन् । तपाई पनि रोज नचल्नुको सबै जिम्मा आफ्नो काँधमा लिन सक्नुहुन्छ ?