साम्राज्ञीको मुडः कि खाना कि मेकअप

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा सामाजिक छैनन् । भन्नुको मतलब, उनी फुर्सदको समयमा फिल्मीकर्मी साथीहरुसँग भेट्ने,  हिड्ने कुरामा रुची राख्दिनन् ।

फिल्म रिलिजको समयमा मात्र दगुर्ने साम्राज्ञी अरु बेलामा व्यक्तिगत जीवनमै बढी मख्ख छिन् । फिल्मी क्षेत्रमा उनका साथी कम छन् ।

साम्राज्ञीको अहिले मुड २ वटा कुरामा मात्र देखिएको छ । साम्राज्ञीलाई उनको सामाजिक संजालमा हेर्दा उनी अहिले खानामा बढी ध्यान दिएको देखिन्छ । साम्राज्ञीले सामाजिक संजालमा पोष्ट गरेको तस्बिरमा उनी खानमा तल्लिन छिन् ।

उनको अर्को मुड भनेको मेकअप हो । साम्राज्ञी मेकअपमा पनि बढी तल्लिन देखिएकी छिन् । साम्राज्ञीले दशैं र तिहार सकिएपछि शरीर घटाउनका लागि जीम जाने उल्लेख गरेकी थिइन् । उनी जीममा पनि व्यस्त छिन् ।

खान र मेकअपमा व्यस्त साम्राज्ञीले सामाजिक संजालमा अन्य समसामयिक बिषयमा बोलेको सुनिदैन ।

नवल नेपालले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेकी साम्राज्ञीको मुड सधै एउटै रहेको पाइदैन । साम्राज्ञीको सामाजिक संजाल अहिले खाना र मेकअपमै अल्झिएको छ ।