के राजारामको कुरा भूवनले सुनेकै छैनन् होला र ?

अभिनेता भूवन केसी कुनै पनि कुरालाई मिलाएर जवाफ दिन सिपालु छन् । भूवन केसीको चतुर्याइको नेपाली फिल्मका अधिकांश मानिसहरु जानकार छन् । यही भएर पनि भूवनले कस्तो बेलामा कहाँ के खेल खेल्छन् थाहा हुन्न ।

भूवन केसीले बनाएको क्याप्टेन फिल्म रिलिजका लागि तयार भएको छ । भूवन केसीले यो फिल्ममा थुप्रै कलाकार राखेका छन् । यसमा एक राजाराम पौडेल पनि हुन् ।

राजाराम पौडेलले साप्ताहिक पत्रिकामा दिएको अन्तर्वार्तामा भूवन केसीले यो फिल्ममा काम गरेको पारिश्रमिक नदिएको बताएका छन् । उनले आफूले पारिश्रमिक नपाएकाले डबिङ पनि नगरेको बताएका छन् । उनले अरु कै आवाजमा डबिङ गराएको खण्डमा आफूलाई मान्य नहुने पनि बताएका छन् । यो बिषयमा भूवन केसीलाई पत्रकारले प्रश्न सोधेका थिए । तर, भूवन केसीले त आफूलाई यो बिषय थाहा नै नभएको भन्दै अर्को प्रश्न भन्दै तर्किदिएका छन् । भूवन केसीलाई राजारामको पारिश्रमिकको कुरा थाहा छैन होला र ?

भूवन केसी तर्किए पनि फिल्मका निर्देशक दिवाकर भट्टराइले राजाराम पौडेलको डबिङको समय नआएकाले त्यो बेलामा बोलाउने जवाफ दिएका छन् । भूवन केसीले पारिश्रमिक नदिएका हुन् कि यो कुरा उनलाई थाहा नै छैन होला, एकछिन घोत्लिने पो हो कि ?