भूमिका खोज्नेले भकाभक फिल्म किन गर्या त ?

अभिनेता रविन्द्र झाले आफूलाई हाँस्यरसको पात्रमा मात्र सिमित गराइएको भनेर दुख जनाए । रविन्द्रको दुख हेर्दा लाग्थ्यो, उनलाई निर्माताले जर्बजस्ती फिल्मका लागि संझौता गराउँछन् ।

निर्माताहरुले आफूलाई एउटै मात्र भूमिका गर्न सक्छ भनेर सोचेर काम गराएको गुनासो उनले गरेका थिए । हुनत, रविन्द्र झाको भूमिकाले दर्शकलाई अब मोनोटनस हुन थालेको छ । सधैभरी एउटै भूमिकामा उभ्याएर रविन्द्र झालाई निर्माताले पनि न्याय नगरेका हुन् ।

तर, आफूलाई अरु भूमिकामा काम नगराएको भनेर गुनासो गर्ने झाले भकाभक फिल्म किन खेल्छन् ? कि उनलाई जर्बजस्ती तपाइले यहि नै भूमिका गर्नपर्छ भनेर निर्देशकले तानेका हुन् ? होइन भने, यो भूमिका मेरा लागि एउटै भयो भनेर पछि हट्न सकिन्न ।

रविन्द्र झालाई जात्रा खेलेपछि दर्शकले मन पराएका हुन् । रविन्द्रले पनि मौकाको फाइदा उठाऔ भनेर पैसाका लागि सबै फिल्ममा काम गरेका छन् । यसरी फिल्ममा काम गर्दा उनले पैसा त राम्रै कमाएका होलान्, तर दर्शक विच्किन थालेका छन् ।

तर, भूमिका फरक दिनुहोस् भनेर खोज्ने मान्छेले आफूलाई एउटै भूमिका भयो भनेर छाड्ने आँट किन गर्न सक्दैनन् ? कि पैसा आयो भनेर खेल्ने अनी गुनासो गर्ने काम गरेका हुन् रविन्द्रले ?