श्रृङ्खलालाई छक्का पन्जा ४ को अफर चर्चा कै लागि हो त ?

निर्देशक दिपाश्री निरौला अहिले कमेडी रियालिटी शो मुन्द्रेको कमेडी क्लबको अध्यक्ष बनेकी छिन् । दीपाश्रीको हाँसोले पनि शोलाई शोभा बढाएको छ ।

दीपाश्री अध्यक्ष बनेको शोलाई हाँस्य कलाकार जितु नेपालले चलाउँछन् । जितुले चलाउने यो शोमा मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा अतिथी बनेर पुगिन् ।

शोमा पुगेकी श्रृङ्खला खतिवडालाई फिल्मको कुरा पनि सोधिने नै भयो । तर, अध्यक्ष दिपाश्री निरौलाले संचारकर्मीलाई समेत बोलाएर छायांकन गरिएको शोमा मिस नेपाललाई फिल्मको अफर गरिन् ।

मिस नेपाल खतिवडाले आफूले फिल्ममा काम नगर्ने, आफूलाई अभिनय नआउने, आफू अलग फिल्डको भएको भनेर बारम्बार बताइरहेकी छिन् । यो कुरा दिपालाई पनि थाहा छ । मिस नेपालले फेरि एक बर्ष कुनै पनि बाहिरी प्रोजेक्टमा काम गर्न पाउँदिनन् ।

यो सबै कुरा जान्दा जान्दै पनि दिपाले श्रृङ्खलालाई किन फिल्मको प्रस्ताव गरेकी होलिन् ? दिपाश्री र जितु शोको हाइट चाहन्छन् । शोले उनीहरुले सोचेको जस्तो सफलता पाएको छैन । यसैले पनि यो शिर्षकलाई हाइलाइट गरिएको हो ।

दिपाश्रीले छक्का पन्जा ४ मा अफर गरेपनि श्रृङ्खलाले अभिनय नगर्ने पक्का छ । कति हिरोइनलाई काम गर्न चाहदा चाहदै पनि अफर जादैन । कतै भने काम गर्दिनन् भन्ने जान्दा जान्दै पनि अफर ?