नकिमको फिल्मीकर्मीलाई वेअर्थको निम्तो

निर्माता नकिम उद्दिन नेपाली फिल्ममा बलिया छन् । क्यूएफएक्स चेनमा नेपाली फिल्म चलेन भने निर्माताले आफ्नो लगानी फिर्ता गर्न नै मुश्किल परिदिन्छ । यही भएर पनि होला, नकिम उद्दिन नेपाली फिल्ममा बलिया मानिस बनेका छन् ।

नकिम उद्दिन बलिया छन् । यसैले त उनले बनाएको फिल्म द म्यान फ्रम काठमाण्डौ चैत्र १ गते रिलिज हुँदैछ । उनले फिल्म चैत्र १ गते ल्याउने भएपछि निर्माता गोविन्द शाहीले प्रदिप खड्का जस्ता चलेका कलाकारले अभिनय गरेको लभ स्टेशन फिल्मको रिलिज मिति तोकेको एक दिनमै चैत्र १ गतेबाट सारिदिए । किनकी, उनी नकिमसँग दुश्मनी मोल्न चाहदैनथिए । यहाँबाट पनि वुझिन्छ, नकिम उद्दिनको धङधङी नेपाली फिल्ममा कती छ ।

उनै, नकिमले आफ्नो फिल्म द म्यान फ्रम काठमाण्डुको गीत रिलिज कार्यक्रममा फिल्म क्षेत्रका धेरै कलाकारलाई निम्तो दिए । उनीहरुलाई निम्तो दिएता पनि दिपकराज गिरी, दीपाश्री निरौला, भूवन केसी मात्र हलमा पुगे ।

थुप्रै हिरो र हिरोइनलाई पनि कार्यक्रममा बोलाइएको थियो । नकिमले कार्यक्रममा कलाकार बोलाएता पनि ती कलाकारलाई गीत रिलिज कार्यक्रममा किन बोलाइएको हो भन्ने कारण पत्रकारले वुझेनन् ।

गीत रिलिजमा कलाकारलाई निम्तो गर्नुको अर्थ के होला ?  नकिमले आफू बलियो भएको देखाउन खोजेका हुन् भन्ने कुरा त सबैलाई थाहा नै भयो । तर, कलाकारलाई यस्तो वेअर्थको निम्तो गरेर फाइदा केही छ त ?