सौगातलाई कसको चुम्बन प्यारो ?

अभिनेता सौगात मल्ल अहिले गुपचुप छन् । सौगात मल्ल फिल्म चलेको बेलामा पनि गुपचुप नै रहने कलाकार हुन् । अहिले त झन् उनी गुपचुप नरहने कुरै भएन ।

सौगात मल्ल गुपचुप रहेपनि उनको प्रेम भने गुपचुप रहने कुरा भएन । उनको प्रेम स्वतन्त्र पन्छी जसरी उडिरहेको छ ।

सौगात मल्लको प्रेममा डुबुल्की मारिरहेकी अभिनेत्री श्रृष्टी श्रेष्ठ यो पलको आनन्द उठाइरहेकी छिन् ।

सौगात मल्ल र श्रृष्टीले मासु भात फिल्ममा काम गर्ने कुरा छ । यो जोडी अहिले संचारमाध्यमबाट टाढा बसेर प्रेममा रमाएको छ ।

सूर्यको किरणले चुम्बन गरिरहँदा अभिनेता सौगात मल्ललाई श्रृष्टीले पनि चुम्बन गरेकी छिन् । उनी दुबैको प्रेममा रमाएका छन् । श्रृष्टीले सौगातलाई चुम्बन गर्दै ‘यू, सनफ्ल्वार’ लेखेकी छिन् ।

उनले सौगातलाई सूर्यमुखी फूलसँग तुलना गरिन् या अरु केही, उनले नै जान्ने कुरा भयो । तर, सौगात भने सूर्यको ताप र श्रृष्टीको प्रेमको तापमा रमाएका छन् ।