अशिष्माको २०१८ को उपलब्धी यस्तो रहेछ

अभिनेत्री अशिष्मा नकर्मी अभिनित मेला फिल्म सन २०१८ मा रिलिज भएको  थियो । फिल्मले हलमा दर्शक त धेरै तानेन । तर, पनि अशिष्मालाई यो फिल्मले फाइदा नै गर्यो । अशिष्माले यो बर्षमा आफूलाई निर्मात्री बनाउने सोच पनि बनाइन् र नेवारी फिल्म निर्माण सुरु गरेकी थिइन् ।

यसैले अशिष्माका लागि निर्मात्री बन्नु, फिल्ममा काम गर्नु उपलब्धी हुनुपर्ने हो । तर, अशिष्माले आफ्नो सन् २०१८ को सबैभन्दा ठूलो उपलब्धीलाई यसलाई मानेकी छैनन् । उनले, सन् २०१८ को सबैभन्दा ठूलो उपब्लधीको रुपमा आफ्नो बिहेलाई मानेकी छिन् । परिवारले केटा रोजेर अकस्मात बिहे गरेकी थिइन् अशिष्माले । तर, नविन प्रधानसँग जोडिएको सम्बन्ध उनका लागि सबैभन्दा ठूलो  उपलब्धी बन्न पुगेको छ ।

अशिष्माको यो कुराले पनि के थाहा हुन्छ भने, उनी फिल्म दुनियाँ र निर्मात्री बन्नु भन्दा पनि बिहे गरेर मिसेस प्रधान बन्दा बढी खुशी छिन् ।

अशिष्मा अहिले अमेरिकामा छिन् । उनले नयाँ जीवन सुरु गरेकी छिन् । उनका लागि जीवनको ठूलो उपलब्धी नयाँ जीवन सुरु गर्नु बनेको छ । अशिष्माको यो खुशीमा कसैको आँखा नलागोस् ।