स्वस्तिमालाई एक्कासी निश्चलको याद आएपछि…

अभिनेत्री स्वस्तिमा खड्काको काम गराई हेर्ने हो भने उनी नेपाली फिल्ममा व्यस्त अभिनेत्रीको सुचीमा छिन् । स्वस्तिमाको माग बढेअनुसार उनले काम पनि गरिरहेकी छिन् । स्वस्तिमाको फिल्ममा माग बढेको उनको बिहेपछि हो । चर्चित निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनी चम्किएकी हुन् ।

स्वस्तिमा ‘हजार जुनी सम्म’को छायांकनको लागि अहिले सिक्किममा छिन् । सिक्किममा रहेर फिल्म खिचिरहँदा उनलाई निश्चल बस्नेतको याद आएको छ । घरबाट टाढा भएपछि श्रीमानको याद आउनु स्वभाविक पनि हो । तर, उनले निश्चल बस्नेतसँगको रोमान्टिक तस्बिरलाई इन्स्टाग्राममा पोष्ट गर्दै उनलाई आफूले कसरी मिस गरिरहेको छु भनेर लेखेकी छिन् ।

स्वस्तिमा निश्चलसँगको जिस्काई, चुलबुले तरिकाले खेल्ने तरिका मिस गरिरहेकी छिन् । निश्चल पनि अहिले फिल्ममा काम गर्नमा नै व्यस्त छन् । स्वस्तिमाले यती धेरै मिस गरेपछि निश्चललाई बाडुल्की लाग्यो होला कि नाई ?