रणवीरमा कुन पिस भइछन् सुभेच्छा ?

फिल्म ऐश्वर्यले अभिनेत्री दीपिका प्रसाइलाई स्टार बनायो । यो फिल्मले गर्दा दीपिकाले छक्का पन्जा ३ जस्ता हिट फिल्म पनि पाइन् । हुनत, दीपिका आफैले नजान्दा यो फिल्मको व्यापारको क्रेडिट लिन सकिनन् ।

तर, ऐश्वर्य फिल्म हेर्ने दर्शकले दीपिकाको कामको तारिफ गरेका थिए । तर, दीपिकालाई भन्दा पहिले यो फिल्म सुभेच्छा खड्कालाई अफर गरिएको थियो । सुभेच्छाले भने सो पिस हुने डरले यो फिल्म नगरेको बताएकी छिन् ।
यो फिल्म गरेर दीपिका सो पिस भइन् कि भइनन्, दीपिकाले जवाफ देलिन् । तर, सुभेच्छालाई आफू ओझेलमा पर्ने डर भने देखिएको छ ।

सुभेच्छाले सो पिस हुने फिल्म नगर्ने बताइरहँदा उनी फिल्म रणवीर गरेकी छिन् । यसको ट्रेलर आइसकेको छ । ट्रेलर हेर्दा उनको भूमिका शक्तिशाली लाग्दैन । फिल्मको सबै क्रेडि हिरो सुशिल सिटौला र भिलेन प्रशान्त ताम्राकारले लगेका छन् ।

पानीपुरी खानु र हिरोसँग प्रेम गर्नु मात्र शक्तिशाली भूमिका हो भने त के भन्नु र खै ? तर, सुभेच्छा यो फिल्मको ट्रेलर हेर्दा सो पिस होइन, फितलो देखिएकी छिन् । कहिलेकाही बढी बुझ्दा पनि घाटा हुन्छ । कतै, फिल्मको भाषा र भूमिकाको बिषयमा सुभेच्छाले बढी पो बुझिन् कि ?

समिक्षा गर्नुहोस् है सुभेच्छा जी ।