द ब्रेकअपको यो दृश्य हेर्दा एटीएमकै याद आयो त

द ब्रेकअप फिल्मको ट्रेलर आएको छ । यो फिल्मको ट्रेलरको बारेमा दर्शकको आफ्नै प्रतिक्रिया छ । कसैलाई भल्गर लागेको छ भने कसैलाई सामान्य पनि लागेको छ । तर, जे भएतापनि फिल्मको ट्रेलर सबै बर्गका दर्शकले पचाउँदैनन् ।
फिल्मको एउटा दृश्यमा अभिनेता आशिरमान देशराज जोशीको हात अभिनेत्री शिल्पा मास्केको संवेदनशिल अंगमा पुगेको देखाइन्छ । अष्ट्रेलियाको समुन्द्रमा रमाउँदा उनीहरुबिच यो दृश्य खिचिएको छ ।

यो दृश्य हेरिरहँदा दर्शकलाई एटीएम फिल्मको याद आउँछ । एटीएम फिल्मको एउटा दृश्य छ । जसमा जीया केसी लड्दा अभिनेता दिनेश थापाले उनको संवेदनशिल अंगमा हात लगेका छन् । त्यो समयमा यो दृश्यको ठूलो आलोचना भएको थियो ।

अब, ब्रेकअपको यो दृश्यलाई सोही दृश्यसँग दाँजेर हेर्ने कि नहेर्ने ? निर्देशक हेमराज वीसीले आफूले एटीएम फिल्म नहेरेको बताएका छन् । आफूले चोर्नु परेको खण्डमा पनि हलिउड वा बलिउडबाट चोर्ने स्पष्टिकरण उनले दिएका छन् । तर, यहाँ त सोझै एटीएमकै झल्को दिन दृश्य खिचिएछ त ? वीसीले एकपटक यो दृश्यका लागि मात्र भएपनि एटीएम फिल्म हेर्ने हो कि ?