के के को फोटो राखुन् बर्षाले ?

अभिनेत्री बर्षा राउत जीवनमा प्रेमको उडान भर्ने क्रममा छिन् । उनको यात्रा अब अभिनेत्री र प्रेमिकाबाट अभिनेत्री र दुलही हुँदैछ । फागूण २ गते उनी बिहे गर्दैछिन् । तर, बिहे गर्नु अगाडि नै बर्षा प्रेमको उडान भर्ने तयारीमा लागेकी छिन् । बर्षा राउतलाई तपाइले पाइलटको गेटअपमा देख्नुभएको छ कि छैन ? अहिलेसम्म त तपाइले यो गेटअपमा देख्नुभएको छैन होला ।

उनै बर्षा राउतलाई भने दर्शकले दाल भात तरकारीको भिजिट भिसामा गीतमा पाइलटको भूमिकामा देख्न पाउनेछन् । उनी कलाकार हरिवंश आचार्यसँग नृत्य गरेको देख्न पाउनेछन् । बर्षालाई अहिले इन्स्टाग्राममा कुन फोटो, कस्तो फोटो राख्ने भन्ने तनाव पनि छ ।

किनकी, एकतिर त उनी बिहे गर्दैछिन् । अर्कोतिर त उनी संजोग र उनीसँगको बिहेको रमाइलोमा पनि रमाइरहेकी छिन् । फेरि, बर्षाले अभिनय गरेको फिल्म ‘गोपी’ रिलिज हुन पनि बाँकी छ । बर्षालाई अहिले कसको प्रचार गर्ने, कसको जानकारी गराउने भन्ने हैरान छ । यस्तो हैरानमा पनि बर्षालाई फिल्मको तस्बिरमा रमाउने फुर्सद भने छ है ।

बर्षा राउतको फरक फरक गेटअपमा दर्शकले उनलाई प्रेमको विमान उडाउनका लागि तयार भएको देख्नेछन् ।