आँचलले प्रियंकासँग कोर्ष लिने हो कि ?

अभिनेत्री आँचल शर्मालाई पत्रकारको एउटा प्रश्नले डर लाग्यो । पत्रकारले आँचललाई तपाइहरु हामीले इन्टरभ्यूका लागि फोन गर्दा दिन्न भन्ने, हामी भने तपाइहरुका लागि रातदिन नभनी लाग्ने भनेर प्रश्न गरे ।

आँचलले संचारमाध्यममा इन्टरभ्यू नदिनु भनेर निर्माता किरण केसीले भनेको भनेर जवाफ दिएकी रहिछन् । जबकी, किरण केसीले यसो नभनेको बताएका छन् ।

आँचलले सरासर झुट बोलेकी थिइन् । पत्रकारले यसरी प्रश्न गरेपछि आँचल डराइन् । उनले, आक्रोशित नभइकन सोध्न आग्रह गरिन् । उनले पत्रकारलाई तपाई यही नै आउनुहुन्छ भनेर अरु बेलामा नदिएको जवाफ दिएकी थिइन् । आँचलको यो जवाफ आलोकाचो थियो ।

आँचलसँगै रहेकी अर्की अभिनेत्री प्रियंका कार्कीले उनले विस्तारै संचारमाध्यममा बोल्न जान्ने बताइन् । आफूले बल्ल यो कुरा बुझ्न थालेको प्रियंकाले बताइन् । उनले, आँचलको मन सफा भएपनि संचारमाध्यममा बोल्न सिक्नुपर्ने जवाफ दिएकी थिइन् ।

आँचल शर्मालाई संचारमाध्यममा इन्टरभ्यू नै नदिनु भनेर किरण केसीले भनेको भए त्यसपछि पनि उनको छ्याप्तछ्याप्ती इन्टरभ्यू र म्यूजिक भिडियो आइरहेका छन् । आँचलले संचारमाध्यमलाई पक्षपात गर्न खोजेकी हुन् क्या हो ? कि, भ्यूज देखिने ठाउँमा मात्र इन्टरभ्यू दिने हुन् आँचलले ?