जिन्दगीको बारेमा कती सोच्छिन् स्वेता ?

स्वेता खड्काको जीवनमा धेरै नै उतारचढाव आयो । तर, पनि उनले हिम्मत हारिनन् । उनी निरन्तर आफ्नो काममा सक्रिय छिन् । फिल्मको काम र व्यवसायीक जिन्दगीमा व्यस्त स्वेताका लागि जिन्दगीको परिभाषा कहिलेकाही फरक फरक लाग्छ ।

स्वेता खड्का आफ्नो जिन्दगीको भोगाई अनुसार नै जिन्दगीको परिभाषा बुन्ने गर्छिन् । स्वेताको जीवनमा अहिले सबै राम्रो चलेको छ । अब, माझी बस्ती निर्माण गरेर हस्तान्तरण गर्न सकेको खण्डमा उनलाई अझै राम्रो हुनेछ भने उनको सपना पनि पुरा हुनेछ ।

स्वेताले फेरि पनि जिन्दगीको परिभाषा नयाँ खालले दिएकी छिन् । एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ । स्वेताले फेसबुकमा जिन्दगीको बारेमा दिएको नयाँ परिभाषा यो नै हो ।

स्वेता खड्काले आफ्नो जिन्दगीलाई नै हेरेर यो स्टाटस लेखेको हुनुपर्छ । किनकी, उनले जिन्दगीमा देखेको एउटा  सपना चकनाचुर त भयो, तर उनले फेरि अहिले नयाँ सपना देखिरहेकी छिन् । अब, स्वेताले जिन्दगीमा देखेको नयाँ सपना कहिले पुरा हुन्छ, प्रतिक्षा गरौ ल ।