अनमोल–प्रदिप मिलेका कि देखाएका ?

नेपाली फिल्ममा अघोषित को भन्दा को कमको लडाई छ । नेपाली फिल्मका हिरोमा पनि हिरोइनमा पनि त भन्दा म के कम भन्ने लडाई छ । यो लडाई बाहिर हेर्दा सामान्य छ, भित्र तछाडमछाड छ ।

यो कुरामा अभिनेता अनमोल केसी र प्रदिप खड्का अघि छन् । प्रदिप र अनमोल केसीमा को भन्दा कम बढी चल्छ ।

तर, अहिले अनमोल र प्रदिपको लडाइ मित्रतामा बदलिएको हो जस्तो पनि देखिएको छ । प्रदिपले अभिनेता अनमोलको फिल्म क्याप्टेनको ट्रेलर शेयर गर्दै प्रशंसा गरेका थिए । कतिपयले त प्रदिपले दि ब्रेकअपको ट्रेलर शेयर गरेकाले क्याप्टेनको नगर्दा गाली खाइने डरले पनि गरेको टिप्पणी गरे । उनले जे सोचले गरेपनि बाहिर हेर्दा उनी अनमोलप्रति लचक देखिएको पाइयो ।

अनमोलले पनि प्रदिपको स्टाटसमा जवाफ दिदै उनलाई धन्यवाद दिन भ्याएका छन् । प्रदिपको स्टाटसमा अनमोलले धन्यवाद मात्र दिएका छैनन्, लभ स्टेशनलाई पनि शुभकामना दिइसकेका छन् ।

यी दुइको फेसबुक मित्रता हेर्दा अब स्टारडमको झगडा सकिन्छ कि भन्ने पनि देखिएको छ । तर, प्रदिप र अनमोलको यो मित्रता मनदेखि हो या देखाउनका लागि मात्र हो ? यो भने स्पष्ट हुनुपर्छ । फेसबुकमा देखाइएको मित्रता मनदेखि पनि होला त ?