चुम्बन गरेको फोटो बिग्रियो कि बिगारिन् आनाले ?

अभिनेत्री आना शर्माको प्रेम पनि लुकेको छैन । उनी प्रेम गर्छिन्, तर सार्वजनिक रुपमा व्यक्त गर्न लजाउन्नन् । आना शर्माको प्रेम जीवन यसैले खुल्ला छ । उनी अभिनेता अनमोल केसीसँग पनि प्रेममा थिइन् भन्ने चर्चा थियो । तर, आना र अनमोल दुबैले यो कुरा अस्विकार गरेपछि प्रेम यसै टुगिंयो ।

तर, अहिले आना एक धनाढ्य व्यापारीका छोरा सोनम शेर्पासँग प्रेममा छिन् । उनले प्रेममा छु भनिराख्न पर्दैन । दैनिक आउने फोटोले थाहा नै हुन्छ ।

आनाले प्रेम दिवसको दिन सोनमसँगको तस्बिर राखेकी छिन् । तर, यो तस्बिर खास छ । उनीहरुले अंकमाल गर्दै एक अर्काको ओठमा चुम्बन गरेका छन् ।

चुम्बन गरेको तस्बिर बिगारिएको छ । अब, यो फोटो स्पष्ट पोष्ट गर्दा बढी हंगामा होला कि भनेर हो या फोटो खिच्नेले नै बिगारेर हो । फोटो हल्लिएको छ ।

आनाले प्रेमलाई चुम्बनको माध्यमबाट व्यक्त गर्न खोजेकी छिन्, तर उनी कतै डराएकी हुन् कि भन्ने पनि लाग्छ ।

तर, सोनमसँगको प्रेम आनाका लागि सधै उस्तै लाग्ने गरेको भने छ । आनालाई सोनमसँगको प्रेम सधै नै भ्यालेन्टाइन डे जस्तो लाग्छ ।