अदितीलाई आई लभ यू कसको ?

प्रेम दिवसले धेरै कुरा बोल्छ । कलाकारको प्रेम जीवन पनि बोल्छ । कलाकार जो प्रेममा खुलेका छन्, प्रेमिकासँगको नै फोटो सार्वजनिक गर्न हतार गर्छन् । जो कलाकार प्रेम लुकाउन चाहन्छन्, उनीहरुको प्रेमिका पनि लुक्ने नै भइन् ।

अभिनेत्री अदिती वुढाथोकी मुम्बइमा छिन् । यसैले पनि उनको प्रेमी को हुन् फिल्म बजारलाई थाहा छैन । मुम्बइमा बस्ने अदितीको प्रेमी को होलान् त ?

अभिनेत्री वुढाथोकीले आफ्नो इन्स्टाग्राममा सेल्फी खिच्दै भ्यालेन्टाइन गिफ्ट राखेकी छिन् । उनलाई आई लभ यू भनेर गिफ्ट आएको छ । यो गिफ्ट अदितीलाइ पनि मन परेको छ ।

तर, अदितीले यो गिफ्ट कसले दियो भनेर खुलाएकी छैनन् । तर, उनको गिफ्टमा लेखिएको आई लभ यूले धेरै कुरा बोलेको छ ।

अदितीलाई यो गिफ्ट उनका प्रेमीले दिएका हुन् या फ्यानले ? अदितीको उत्साह हेर्दा त प्रेमीको जस्तो लाग्छ ।

तर, उनको यो तस्बिरले एउटा रहस्य छाडिदिएको छ, अदितीलाई आई लभ यू कसले भन्यो ?