उसो भए अनुपका फिल्म झुर थिए ?

अभिनेता अनुपविक्रम शाहीले फिल्मको सफलता र असफलतामा कलाकारलाई मात्र दोष दिन नहुने बताए । फिल्म पुरानो बुलेटको कार्यक्रममा फिल्म एउटा कलाकारका कारण मात्र सफल वा असफल नहुने पनि बताए । उनले राम्रो फिल्म भएको खण्डमा स्टारविना नै चल्ने र नराम्रो भएको खण्डमा स्टार हूँदा पनि नचल्ने दाबी गरे ।

अभिनेता अनुप विक्रम शाहीले सोलो हिरो भएर काम गरेका फिल्म चलेका छैनन् । अभिनेताको नै कुरो मान्ने हो भने उनले खेलेका फिल्म नै झुर थिए उसो भए ।

किनकी, उनले खेलेका धेरै फिल्म चलेनन् । यसैल पनि अनुप विक्रमले पैसाका लागि मात्र फिल्म खेलेका हुन् भन्ने प्रश्न उठाउन सकिन्छ ।

उनले, कलाकारले २ दिनसम्म हलमा तान्ने क्षमता राख्ने पनि सुनाए । तर, अनुपले अभिनय गरेका फिल्मले २ दिनपनि दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । यसको अर्थ, के अनुपविक्रमले खेलेका फिल्मले दर्शक तान्न नसक्नुको कारण नराम्रो भएर नै हो भन्ने वुझ्दा भयो होइन ?

अनुपले, पैसा मात्र नहेरेर फिल्मको कथा पनि हेर्ने हो कि ?