श्रृष्टीको कमाल इन्स्टामा मात्र होइन, फिल्ममा पनि देखियोस्

अभिनेत्री श्रृष्टी श्रृष्ठलाई यो बर्ष रिलिज भएका २ वटा फिल्मले ठूलै ठक्कर दिए । यी दुई फिल्म थिए, रोमियो एन्ड मुना र बाँध मायाले । यी दुई फिल्ममा श्रृष्टी साधारण यूवतीको भूमिकामा थिइन् ।

नेपाली फिल्ममा मिस नेपाल भएपछि प्रवेश गरेकी श्रृष्टीको हट र बोल्ड अवतारलाई दर्शकले फिल्मको पर्दामा जहिले पनि मिस गरेका छन् । यसैले पनि होला, श्रृष्टी श्रेष्ठका लागि  फिल्म हलमा कुर्ने दर्शकले उनको त्यो अवतार पाएका छैनन् । तर, बाँध मायाले असफल भएपछि श्रृष्टीको कमाल इन्स्टाग्राममा भने देखिन्छ ।

श्रृष्टीले आफू मिस नेपाल हुँदा जुन खालको शैली देखाएकी थिइन्, सोही शैली अहिले इन्स्टाग्राममा देखाएकी छिन् । श्रृष्टीलाई अहिले बोल्ड बनेको देख्न पाइन्छ, फोटोमा मेकअपमा बढी ध्यान दिएको देख्न पाइन्छ ।

तर, इन्स्टामा देखिएको यो अवतार दर्शकले फिल्ममा हेर्न पाउने कहिले ? इन्स्टाका दर्शकलाई मात्र प्रफूलित बनाएर भएन श्रृष्टीजी, फिल्मतिर पनि ध्यान दिनुहोस् न !