प्रदिपसँग सँगै काम गर्ने भएपछि साम्राज्ञीले यसो गरिन् !

नेपाली फिल्मका कलाकारमा सही कामको सुरुवात भएको हो कि, स्वार्थ जोडिएको हो भन्ने वुझ्न गाह्रो छ । एक कलाकारले अर्को कलाकारको फिल्मको गीत, ट्रेलर आफूले प्रमोट गर्न नै नहुने जस्तो गर्छन् ।

अभिनेता प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर शेयर गरेपछि उनलाई दबाब परेको थियो । यही भएर उनले अभिनेता अनमोल केसीको फिल्म क्याप्टेनको ट्रेलर पनि शेयर गरे । दि ब्रेकअप त प्रदिपले प्रमोशन गर्नुको कारण निर्देशक हेमराज वीसी थिए । किनकी, हेमराजले प्रदिपलाई लिएर फिल्म निर्देशन गर्दैछन् ।

अब कुरा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको गरौ । उनले फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको भन्दै इन्स्टाग्राममा प्रमोशन गरेकी छिन् । साम्राज्ञीले यसरी अरु कलाकारको फिल्मको प्रमोशन गरेको देखिएको थिएन ।

तर, उनले प्रदिपको फिल्मको प्रमोशन किन गरिन् ? यसमा पनि स्वार्थ छ । किनकी, प्रदिप र साम्राज्ञी भएर हेमराज वीसीको फिल्ममा काम गर्दैछन् । यही भएर हो, प्रदिपलाई साम्राज्ञीले साथ दिएकी छिन् ।

जे भएपनि कुनै न कुनै स्वार्थ जोडिएरै भएपनि कलाकारले अरु कलाकारको सिनेमाको प्रमोशनमा साथ दिन थालेका छन् । तर, निस्वार्थ भावनाले कहिले अर्कालाई साथ देलान् कुन्नी ?