जितुले अतिथिको नाम नै बिर्सिए !

जितु नेपाल ‘मुन्द्रे’ को कमेडी कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा अतिथि बनेर पुगेका थिए प्रदर्शनको क्रममा रहेको फिल्म ‘शुभ लभ’ का मुख्य कलाकार हरिहर अधिकारी र क्रिस्टिन पौडेल ।

कार्यक्रमको अधिकांस समय ज्योतिष शास्त्रको वरिपरी घुमेको थियो हिरो नै ज्योतिषी भएर होला सायद ।

कार्यक्रममा फिल्मको कुरा ५ प्रतिशत पनि भएको थिएन ।  नवनायिका क्रिस्टिन कार्यक्रम भर चुपचाप जस्तै थिइन् ।

हिजोबाट नयाँ पात्र ‘अकबरी’ कार्यक्रममा भित्रिएकोले होला उनी प्रति सबैको ध्यान अलिक बढी नै थियो ।  जितुको होस त अकबरीको अकबरी सुनले उडायो की हरिहरले उनको बारेमा पहिले नै गरेको भविष्यवाणीको असर, आफ्नो अतिथिको नाम नै बिर्सिए उनले ।  त्यो पनि पटक पटक ।

एक पटक त उनले क्रिस्टिनलाई ‘जस्टिन’ भने र कार्यक्रमको अन्त्यमा हरिहर जी र ‘वहा’ लाई भनेर नाम नै नलिइकन धन्यवाद दिए ।  कार्यक्रममा बोलाए पछि कम्तिमा अतिथिको नाम त याद गर्न पर्यो नि मुन्द्रे जी !